काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सोमबार संसदमा प्रस्तु गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा असन्तुष्टि ब्यक्त गरेको छ ।

नीति तथा कार्यक्रम कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्नको लागि ल्याएको र परम्परावादी भएको भन्दै कांग्रेसले असन्तुष्टि ब्यक्त गरेको हो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधन दर्ता गराउने निर्णय समेत गरेको छ । पूर्व अर्थमन्त्री एवं काँग्रेस नेता डा. रामशरण महत, डा. गोविन्द पोखरेल र विनोद चौधरीले नीति तथा कार्यक्रमका विषयमा बोल्दै समिक्षा गरेका गरेका थिए । देश र जनताको हितका लागि नयाँ कुरा केही पनि नआएको बैठकमा नेताहरुले टिप्पणी गरेका थिए ।


उनीहरुले नीति तथा कार्यक्रमबारे सकारात्मक सुझाव नदिएको कांग्रेस नेताहरुले बताएका छन् । नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम कम्युनिष्टहरुको चुनावी घोषणापत्र जस्तो भएको धारणा ब्यक्त समेत गरेका थिए ।

कांग्रेसलेले आज संसद सचिवालयमा नीति तथा कार्यक्रममाथि संशोधन समेत दर्ता गराएको छ । संशोधन दर्ता गर्नुअघि कांग्रेसले संसदीय दलमा विज्ञहरुसँग सरकारको नीति तथा कार्यक्रमको समिक्षा गरेको थियो ।