काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद् दिलेन्द्र प्रसाद बडुले सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले संघीयताको मर्म विर्सिएको बताएका छन् ।

आज संसद् भवनमा चलिरहेको नीति तथा कार्यक्रमको छलफलका क्रममा बडुले नीति तथा कार्यक्रम केन्द्रिकृत मानसिकताबाट आएको र संघीयताको मर्म विर्सिएको आरोप लगाएका हुन् ।

‘आर्थिक वर्ष २०७५/७६ वार्षिक नीति तथा कार्यक्रम’ नाममा भनिएता पनि एक परिच्छेदमा मात्रै समृद्ध नेपालको लागि यो नीति तथा कार्यक्रम आधारशिल हुने भनिएको तर नदेखाइएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमलाई लघु उपन्यासको रुपमा आएको समेत उनको आरोप छ ।


बजेटले नेपालको यातायात क्षेत्र तथा सिचांई र कृषिलाई प्राथमकिता छुट्याउनुको सट्टा रेल मार्ग र जलमार्गमा प्राथमकिता दिएको छ । प्राथमिकताका विषयमा भन्दा वढी दिर्घकालिन सोचका रुपमा नीति तथा कार्यक्रम आएको भन्दै यसले जनताका तत्कालिन र महत्वपूर्ण आवश्यकता पुरा गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रमको संवोधन र लेखनशैली दुबै संसोधन गर्नको लागि समेत आग्रह गरेका छन्।