नुवाकोटः बेलकोट गढी नगरपालिका–५ सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनीहरुलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु काट्न प्रयोग गरेको २ थान खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १४:०२