नुवाकोटः लिखु गाउँपालिका–३ ढिकुरेमा शनिबार राति मोटरसाइकल र बोलेरो गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालककको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ढिकुरेबाट छहरेतर्फ जाँदै गरेको बा ६३ प ६६९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–०२ च ३७१९ नम्बरको बोलेरो गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय कमान तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चढेका दुई जनाको उपचारको लागी जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी चढेका सोही ठाउँका ४५ वर्षीय रमेश तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ ।


बोलेरो सहित बोलेरो चालकलाई भने इलाका प्रहरी कार्यालय ढिकुरेले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, ०९:४४