काठमाडौंः बलात्कार अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जवरजस्ती करणी गरेको आरोपमा एक जना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कैलालीका प्रवक्ता डिएसपी कैलालीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार सांसद रावलविरुद्ध गत फागुन १४ गते एक महिलाले जवरजस्ती करणीमा जाहेरी दिएकी थिइन् । महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कैलालीबाट पक्राउ पूर्जी जारी गराएको थियो ।

उनलाई प्रहरी हिसासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०७:०४