काठमाडौंः नवगठित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आज दिउँसो चीन प्रस्थान गरेका छन्।
कार्ल मार्क्स दोस्रो शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चीन जान लागेको प्रवक्ता श्रैष्ठले बताएका छन् ।
चीनको सन्जेन प्रान्तमा हुने कार्यक्रममा सहभागिता जनाउनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि श्रेष्ठले बताए ।
वाम एकतापछि पहिलो विदेश भ्रमणमा निस्केका श्रेष्ठको यो भ्रमण ५ दिनको हुनेछ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook