काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ ।

मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा आज निधन भएको अस्पतालले जनाएको छ ।

७ वर्षअघि मृगौला फेल भएर प्रत्यारोपण गरेका सांसद शिवालाई पछिल्लो समय मुटुको समस्या देखिएको थियो ।

चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।

जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी शिवाले २५ भन्दा धेरै जनवादी गीतमा स्वर एकी थिइन् । उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।



प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १३:४७