काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन् ।

स्थगित बैठक अब मंसिर १५ देखि १७ गते बस्ने विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १६:०८