काठमाडौं : समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दोस्रो बैठक बस्न भएको छ । उक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जवाफ दिने भएका छन्।

बुधवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले बिहीबार बस्न लागेको स्थायी समिति बैठकमा समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा अध्यक्षद्वयले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारेमा पनि पार्टीका शीर्ष नेतालाई थप जानकारी गराउने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।


तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएपछि दोस्रोपटक स्थायी समितिको बैठक डाकिएको हो ।
स्थायी समितिको बैठकको अजेन्डा तय गर्न सचिवालयको बैठक बोलाइएको थियो । यसले स्थायी समिति बैठकको छलफलको अजेन्डा तय गर्ने कार्य सम्पन्न गरेको छ ।

सो बैठकले पार्टीका भातृ संगठन, जनवर्गीय संगठन र मोर्चाबीच एकीकरण गर्न बाँकी रहेकाले सो विषयलाई टुंग्याउन प्रस्तावित नियमावलीमा छलफल गरेर टुंग्याउने कार्यसूची वनाएको छ ।

प्रस्तावित ३२ विभाग बनाउनेदेखि विद्यार्थी, युवासहित पेशागत संगठनको एकीकरण प्रक्रिया अघि बढाउने अजेन्डामा आजदेखि सुरु हुने स्थायी समिति बैठकमा छलफल हुनेछ।