काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी चैतमा हुने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।


प्रकाशित मितिः शुक्रबार, भदौ २६, २०७७, १८:२४