काठमाडौं : नेकपाको विधान र नियमावली अन्तिम सम्पादन सकेर कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  बुझाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले  बुझाएको नेकपाको विधान र नियमावली ११ अध्याय, ३३ दफा छन् ।

महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटाको कार्यदलले विधान र नियमावलीलाई अन्तिम रूप दिएको हो । नियमावलीले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रमा ३२ वटा विभाग रहने व्यवस्था गरेको छ । विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित ३५ सदस्य  व्यवस्था गरेको छ ।


। प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट तोकिने छन् भने सचिव विभागका सदस्यले चयन गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश कमिटीका विभागमा १५ र जिल्लाका विभागमा ११ सदस्य रहने व्यवस्था गरिएको  छ । नेकपाका संगठित र साधारण गरी दुई प्रकारका सदस्य हुने व्यवस्था गरिएको छ ।