काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार बस्दैछ ।

बैठक शुक्रबारका लागि बोलाइएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै शनिबार दिउँसो ३ बजेका लागि सारिएपछि आज बस्न लागेको हो ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २८, ११:४०