काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार बस्दैछ ।

म‌ंगलबार दिउँसो चार बजेका लागि बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको नेकपाभित्र असन्तुष्टि छ ।

कोरोना रोकथाम र यसका सन्दर्भमा भइरहेका गतिविधिबारे पार्टीले कुनै धारणा नबनाएको भन्दै सचिवालय बैठक बोलाउन माग भइरहेको थियो ।



प्रकाशित मितिः सोमबार, चैत २४, १८:४२