काठमाडौंः तत्कालीन माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो कोटामा परेका स्थायी कमिटीका नेताको टुंगो लगाएको छ ।

तत्कालीन माओवादी केन्द्रको कोटामा परेका १९ जनामध्ये १८ जनाको नाम टुंगो लागेको हो । एक जनाको नाम अध्यक्ष प्रचण्डले टुंग्याउने समझदारी भएको जनाइएको छ । नाम टुंगो लागेका १८ नेताको सूची प्रचण्डले केपी शर्मा ओलीलाई बुझाएका छन् ।

पार्टी एकता भएको दुई सातामा नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ। नेकपाको ४५ सदस्यीय स्थायी समिति छ । तत्कालीन एमालेबाट यसअघि नै नाम टुंगो लागिसकेको छ ।

तत्कालीन माओवादीबाट को को परे ?
– प्रचण्ड
– नारायणकाजी श्रेष्ठ
– रामबहादुर थापा बादल
– देव गुरुङ
– टोपबहादुर रायमाझी
– गिरिराजमणि पोखरेल
– वर्षमान पुन
– जनार्दन शर्मा
– मात्रिका यादव
– अग्नि सापकोटा
– हरिबोल गजुरेल
– शक्ति बस्नेत
– पम्फा भुसाल
– लेखराज भट्ट
– देवेन्द्र पौडेल
– चक्रपाणि खनाल
– मणि थापा
– गणेश साह