काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

अर्को बैठक अब असार २६ गते शुक्रबार बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वान टु वान छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै आजको बैठक स्थगित गरिएको हो ।


प्रकाशित मितिः बुधबार, असार २४, २०७७, ११:२६