काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय बमोजिम आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

आजको बैठकमा विधानमा देखिएको विववाद समाधानका लागि छलफल गर्ने र त्रुटीहरु सच्याउने विषयमा छलफल हुने बताइएको छ ।