काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले २० औं वर्षसम्म चुनाव जित्ने ठोकुवा गरेका छन् । प्रदेशसभाको उपनिर्वाचनमा उमेदवारी मनोनयन र्‍यालीलाई सम्बोधन गर्न भक्तपुर पुगेका गौतमले नेकपाको हातमा समृद्धिको जिम्मेवारी भएको बताउँदै त्यसका लागि जनताले साथ दिने बताएका हुन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

गौतमले भने ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं ।


। अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं । सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं । अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ ।’


प्रकाशित मितिः कार्तिक २१, बिहिवार, १५:५९