काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पछिल्लो समय नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति प्रश्न उठेका छन् ।

राष्ट्रपति भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

रावलले आज बिहान ट्वीट गरेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।


।’


प्रकाशित मितिः २०७७ साल कार्तिक २१ शुक्रबार, ११:३६