काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक रुपमा आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।

आइतबार राति सभामुख महराले संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीको डेरामै गएर यौन दुर्व्यवहार गरेको ती कर्मचारीले आरोप लगाएकी छिन् ।

यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए ।

गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने छलफल भइरहेको बताइएको छ ।



प्रकाशित मितिः मंगलबार, असोज १४, ११:५८