काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ ।

आज बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

जस अनुसार प्रदेश १ बाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछाम तथा अन्यमा देवेन्द्र दाहाल, प्रदेश २ बाट महिलामा तुलसा दाहाल र दलितमा राधेश्याम पासवान, प्रदेश ३ बाट महिलामा गंगा वेल्वासे तथा अन्यमा बेदुराम भुषाललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपांगतामा जगप्रसाद शर्मा तथा अल्पसंख्यकमा गोपाल भट्टराई, कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा विसि तथा सुदुरपश्चिममा प्रदेशबाट अन्यमा तारामान स्वार र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।


राष्ट्रियसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।


प्रकाशित मितिः शुक्रबार, पुस १८, १२:१३