काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक पर्ने दस्तावेज लगायतका आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबारले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ।

दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातहरू बुझाउने काम गरिएको पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले जानकारी दिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।


। सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको आयोगको भनाइ छ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नवगठित नेपाल कम्युनिस्ट पार्टीको नामको मुनि धर्को समेत तानिएको छ।