काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजेका लागि बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो । मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच भेटघाट भएपछि बुधबारलाई सचिवालय बैठक बोलाइएको हो ।

आजको बैठकमा विश्वभरि फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबारे छलफल हुने बताइएको छ । यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था तथा एमसीसी अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नलैजाने भन्ने विषयमा समेत छलफल हुनेछ ।



प्रकाशित मितिः बुधबार, चैत ५, ०८:२५