काठमाडौंः सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

नेकपाले यस वर्षको चियापानको मिति भने तोकेको थिएन ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने जानकारी गराएको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, १९:२०