काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

तत्कालीन एमाले संसदीय दलका नेता रहेका सत्यनारायण मण्डलले संसद्मा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको आरोप लगाए । उनले जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको हो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएकोले समर्थन फिर्ता लिनुपरेको बताए ।

उक्त बैठकमा बोल्दै तत्कालीन माओवादी संसदीय दलका नेता रहेका सांसद रामचन्द्र मण्डलले सरकारको कामकारबाही सन्तोषजनक नभएको आरोप लगाएका छन् ।


। उनले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध समेत गरेका छन् ।

नेकपाले समर्थन फिर्ता लिएपनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । एक सय ७ सदस्य रहेको प्रदेशसभामा एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद रहका छन्।