संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको सभामुख उप सभामुख फरक फरक दलका हुनुपर्ने व्यवस्था गरेपनि नेपाल कम्युनिष्ट पार्टीले भने दुवै पद नछाड्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले सभामुख र उप सभामुख मध्ये एक पद छाड्न माग गरे पनि सत्तारुढ दल नेकपाले दुवै पद नछाड्ने देखिएको हो। नेकपाका नेताहरूले सभामुख तथा उपसभामुख निर्वाचित भएका व्यक्तिहरूले पार्टीबाट राजीनामा दिइसकेको र चुनाव लड्दा फरकफरक दलबाटै लडेको तर्क गरेको छन।

गत जेठ ३ गते पार्टी एकीकरण गरेसँगै प्रतिनिधिसभाका सभामुख र उपसभामुखका प्रतिनिधित्व गर्ने दल एउटै बन्ने पुगेको छ।


। जेठ २४ गते निर्वाचन आयोगबाट दल एकीकरणको मान्यता प्राप्त गरेसँगै कानुनि रूपमा एकै दल भएका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए भने उपसभामुखमा तत्कालीन नेकपा एमालेकी केन्द्र्रीय सदस्य शिवकुमारी तुम्बाहाम्फे निर्वाचित भएकी थिइन्। निर्वाचित भएसँगै दुवैले पार्टीबाट राजीनामा दिएका छन्। नेपालका संविधानले चुनावमा एकै दलले चुनाव जितेको बाहेक अन्य अवस्थामा फरकफरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेको छ।