काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालसहित आज सिंगापुरबाट स्वदेश फर्कने भएका छन्।

पत्नी सीता दाहालको उपचारको सिलसिलामा ३ असारमा सिंगापुर गएका प्रचण्ड आइतबार बेलुका मात्र स्वदेश फर्कन लागेका हुन्।

पत्नी सीताको उपचार र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनुपर्ने भएपछि तीन दिन अघि एक सातासम्म सिंगापुरमै रहने बताइएको थियो ।

प्रचण्ड पत्नी सीताको उपचारको क्रममा उनका कान्छी छोरी गंगा र भतिज समीर दाहाल पनि गएका थिए। तर, उनीहरु १० असारमा फर्किसकेका छन्।

प्रचण्ड ९ बजे राती सिल्क एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परिवारीक स्रोतले जनाएको छ ।