काठमाडौंः सन्ध्या तिवारीले आफ्नो नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।
तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा आज निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गर्न निवेदन दिएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार पत्र अनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्नेछ ।
निर्वाचन आयोगको पत्रानुसार उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले नाम परिवर्तन गर्दै जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको हो ।
।
सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।
यस्तो छ, आयोगलाई बुझाएको पत्र
प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, १९:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook