काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको केन्द्रीय समिति बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसगरी, बैठकले आगामी मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

आजकै बैठकले १ हजार १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, १५:५२