काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सुरू भएको छ।

बालुवाटारमा सुरू भएको बैठकमा पार्टीका विधि र सञ्चालनका बारेमा छलफल गर्ने र बैठकमा दुबै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सोमबार पूर्णता पाएको थियो।

आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।