काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु नभएको पुष्टि भएको छ ।

सामान्य रुघाखोकीका कारण आराम गरिरहेका गौतमलाई डेंगुको शंका भन्दै सामाजिक सञ्जाल र संचारमाध्यममा भाइरल भएपछि उनका स्वकिय सचिव दीपक टमाटाले डेंगु नभएको बताएका हुन् ।

टमाटाले वामदेव गौतमको स्वास्थ्य परिक्षण गराएको रिर्पोट सार्वजनिक गर्दै वामदेवलाई डेंगु नभएको र सामान्य रुघाखोकी लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘कमरेड बामदेव गौतम सामान्य रुघाखोकीका कारण आराम गरिरहनु भएको छ, सामाजिक सञ्जाल र समाचारमा आएजस्तो डेंगुको संक्रमण नरहेको जानकारी गराउँछु ।


।’