काठमाडौंः संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा बिरोधसभा गर्दैछ ।
बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा सभामा परिणत भएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
बिरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुन्धाराबाट सुरु हुनेछ ।
बिरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।
।
शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।
यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित बिरोधसभा गरेको थियो ।
जुलुसको रूट
प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:१९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook