काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीभित्रको तनावका बीच सुरु भएको स्थायी कमिटी बैठक सकिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।
अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ भने पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उनले बताए ।
।
बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।
प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १९:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook