दाङः नेकपा माओवादी बिप्लबले गरेको नेपाल बन्दका क्रममा जिल्लाको जनजीवन प्रभावित भएको छ ।
छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
सवारी साधान नचल्दा नागरिक पैदल यात्रा गर्न बाध्य भएका छन् । यहाँको उद्योगधन्दा, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र बजार ठप्प भएका छन् ।
बन्दकर्ता सडकमा नभए पनि एबुलेन्स, दूध, प्रेस, पानीका गाडी, फाटफुट मोटरसाइकल र अटो रिक्साबाहेक सवारी साधन चलेका छैनन् भने, पूर्व पश्चिम राजमार्गमा पनि गाडीहरु चल्न सकेनन् ।
केही ठाउँमा शंकास्पद वस्तु भेटिए पनि बन्दका क्रममा कुनै पनि घटना नभएको प्रहरीले जनाएको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook