काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

बैठक भोलि दिउँसो साढे १२ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो ।

यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १४:११