काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

असार १० गते उद्घाटन भएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा छलफल हुँदैछ ।

यस अघिका बैठकमा स्थायी कमिटी सदस्यहरुले सीमा समस्या र समाधानका लागि सरकारले गरिरहेको कामबारे आ-आफ्नो विचार राखेका थिए ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०९:०१