काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।

अब आगामी बैठक पुस १ गते दिउँसो १ बजेका लागि बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् ।

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।



प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १५:२०