काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठकबारे आज पत्रकारहरुलाई जानकारी दिँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकमा पनि नेपाल–भारत सीमा विवाद, सीमा विवाद समाधान गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा स्थायी कमिटी सदस्यले धारणा राखेको श्रेष्ठले बताए । २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए ।

स्थायी कमिटीको बैठकका लागि तय भएका एजेन्डामाथिको छलफल सकिन बाँकी रहेपनि आइतबार मदन स्मृति दिवस र सोमबार असार १५ गते दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गते बस्ने गरी आज स्थगित भएको श्रेष्ठले बताए ।


शनिबार बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्केका थिए ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, २०:१६