एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले आफ्नो पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल नेदरल्याण्ड्सविरुद्ध खेल्ने भएको छ।

आगामि अगष्ट १ र ३ तारिख अर्थात साउन १६ र १८ गते नेपालले दुर्इवटा एकदिवसीय अन्तराष्ट्रिय खेल नेदरल्याण्ड्सविरुद्ध खेल्न लागेको हो।

नेदरल्याण्ड्सको कुन मैदानमा खेल हुन्छ भन्ने चाहीँ अहिले सार्वजनिक गरिएको छैन्। नेपाल र नेदरल्याण्ड्सले जुलार्इ २९ मा लर्डसमा एसीसीसँग टी-२० सीरिज पनि खेल्दैछन्। उक्त सीरिज लगत्तै यी देशबीच एक दिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो।

नेदरल्याण्डसका प्रशिक्षक रायन क्याम्पवेलले आफ्नो टोलीले नेपालसँग घरेलु मैदानमा २ म्याचको श्रृखला खेल्ने बताए ।


। यद्यपी खेल हुने मैदान भने पछि टुंगो लाग्ने उनले बताउनुभयो । त्यसअघि २९ जुलाईमा नेदरल्याण्डस, नेपाल र मेरिलिबोन क्रिकेट क्लब एमसीसी बीच लर्डसमा मैत्रीपुर्ण ट्वान्टी २० श्रृखला समेत हुनेछ ।

नेपालले मार्चमा विश्वकप छनोटमा अन्तिम पटक नेदरल्याण्ड्सको सामना गरेको थियो। सातौं स्थानको प्लेअफका लागि भएको उक्त खेलमा नेदरल्याण्ड्सले नेपाललार्इ ४५ रनले पराजित गरेको थियो।

त्यसको दुर्इदिन अघि पीएनजीलार्इ पराजित गर्दै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो। नेदरल्याण्ड्सले पनि विश्वकप छनोटपछि नै एकदिवसीय मान्यता पाएको हो।

च्याम्पियनसिपको चौथो चरणमा नेपालले अन्तिम पटक २०१६ को अगष्टमा नेदरल्याण्ड्सको भम्रण गरेको थियो। नेपाललार्इ पहिलो एक दिवसीय खेलका लागि नेदरल्याण्ड्समा निम्त्याउन पाउँदा आफूहरुलार्इ निकै खुशी लागेको नेदरल्याण्ड्सका प्रशिक्षक रयान क्याम्पबेलले बताएका छन्।