काठमाडौंः नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उत्तर कोरियाका नेता किम जोन एकैसाथ चीन भ्रमणको लागि प्रस्थान गरेका छन् ।

ओली मंगलबार बिहान ११९ जना टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन् भने किम पनि आज नै चीन भ्रमणका लागि निस्किएका हुन् ।

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका ओली चीनमा ३ दिन  रहने कार्यक्रम छ उनले राष्ट्रपतीसँगै बिभिन्न नेताहरुसँग भेटघाट र सम्झौता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उता किम बुधबार मात्र राजधानी बेइजिङ पुग्ने बिभिन्न संचार माध्यमहरुले जानकारी दिएका छन् उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।


साथै उनले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

यदपी नेपालका प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमको बीचमा कुनै भेटवार्ताको कार्यक्रम रहने छैन। किम चिनियाँ राष्ट्रपति सि चिनफिङलाई भेट्न चीन पुगेका हुन् भने प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चीन पुगेका हुन् ।