काठमाडौंः संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् ।

सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ। विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको छ ।

अर्ध सैनिक बल सशस्त्रको आगामी साउनदेखि नयाँ संरचना परिवर्तन हुने भएको छ। राजधानी दैनिकमा खबर छ।