काठमाडौं: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूत सिफारिस गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले र्‍याण्डी डब्लु बेरीलाई नेपालका लागि नयाँ राजदूत सिफारिस गरेका हुन् । अमेरिकाको संसदले भने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई पारित गर्न बाकीँ छ

अमेरिकाको संसदले यो सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।

हाल नेपालकी राजदूत रहेकी एलियना बी टपलेज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् । सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रीका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।


उनले सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका छन् । बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको भूमिका पनि निभाइसकेका छन् ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । आफैं पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।