काठमाडौंः नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् ।

ढाकामा आज भएको म्याराथनमा पुष्पाले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेर स्वर्ण जितेकी हुन् ।

सो विधामा भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेण्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भईन् ।

पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन् ।

यसैगरी, दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोटगी चौथो भएका छन् । त्यसमा भारतीय खेलाडीले स्वर्ण, रजत र काँस्य पदक जितेका छन् ।


किरणले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे । भारतका बहादुर सिंहले २ घण्टा २१ मिनेट ४० सेकेण्डले पार गरी स्वर्ण जिते ।

यस्तै, भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै रवि प्रकाश २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।


प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १५:४३