काठमाडौंः सुनौलो परिवार नेपाल रमेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्सनोट्समा यस महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरु मध्ये एकको उपमा दिइएको छ ।

बिल गेट्सको ब्लग गेट्सनोट्सले कोभिड–१९ का बखत अप्ठ्यारोमा परेकाहरुको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरुको कथा समेट्यो र लक्ष्मी रायमाझी यस महामारीका मध्ये नेपालकी एक व्यक्तिका रुपमा परिन् । उनले नेपालको काभ्रेमा परिवार नियोजनका सेवाहरु प्रदान गरिरहेकीछिन् । गेट्सनोट्समा महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरुमा, मानवतावादी गेट्स्ले यस महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरिका असाधारण व्यक्तिहरुका बारे प्रकाश पारेका छन् ।


“मानवका रुपमा, निश्चयनै, हामी सबैजना हाम्रा शारीरिक शक्तिका हकमा निकै सिमित छौ। हामी उड्न सक्दैनौं। हामीले भित्ताको वारपार देख्न सक्दैनौं । तर हामीसँग सीमा नभएको कुरा भनेको अन्यायलाई देख्न सक्ने हाम्रो क्षमता र तिनमा काम गर्ने क्षमता हो (प्रायः जसले हामी आफैलाई ठूलो जोखिममा पार्दछ) ।”

लक्ष्मी रायमाझी, जो दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध (LARC ) समूह काभ्रेकी भेटघाट गर्ने सेवा प्रदायक हुन् जसलाई एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइयो, उनी खतरनाक बाटोघाटो हुदै, घण्टौ हिडेर खोलानाला तर्दै र पहिरोलाई छिचोल्दै आफूले सेवा प्रदान गर्ने गाउँमा पुग्छिन ।

यस महामारीले नेपालमा महिलाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्‍यो । थुप्रै महिलाहरु स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन जादैन् किनकि उनीहरु कोरोना भाइरसले संक्रमित पो हुइन्छ कि भनेर डराउँछन्। यद्दपी, लक्ष्मी यी चुनौतीहरु पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत छिन् ।

“यदि मेरो प्रयत्नले, महिलेको स्वास्थ्य राम्रो हुन्छ, र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने, म आभारी हुन्छु” उनले भनिन् । यस महामारीको अवधिमा, धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित रहेका थिए र यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुलाई सधै प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपाल, प्रजनन् स्वास्थ्यको उप-समूह (स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा, गैसस तथा प्रजनन् स्वास्थ्यमा काम गर्ने दातृ निकायहरु सम्मिलित) सँगको संयोजनमा यौन तथा प्रजनन् स्वास्थ्य वास्तवमै अत्यावशकीय सेवा हो भनेर पुष्टि गर्न र पैरवी गर्न सक्षम भए । मेरी स्टोप्स्नेपालले आफ्ना सबै सेवा प्रवाह बिन्दुहरुबाट महामारीकै अवधिमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्न जारी राख्यो ।

सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपाल सन् १९७६ मा स्थापित मेरी स्टोप्स अन्तरराष्ट्रियको एउटा अंश हो, जुन यौन र प्रजनन् स्वास्थ्य सेवा संस्थाहरुको एक वैश्विक साझेदारी हो । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल थुप्रै सेवा प्रवाह विन्दु मार्फत नेपालको जनसंख्या रहेको हरेक भागमा हरेक बच्चाको जन्म रहरले होस् भनेर सुनिश्चित गर्न कार्यरत छ ।

यो परियोजना युकेएडको आर्थिक सहयोग रहेको नेपाल परिवार नियोजन परियोजनाको भाग हो जसले नेपालका सातैवटा प्रदेशभरि दुर्गम भेगका र वहिष्करणमा परेका महिलाहरुलाई समेत समेटी १५ लाख महिलाहरुको परिवार नियोजन सेवाहरुमा पहुँच अभिवृद्धि गर्नका लागि महिला र पुरुषलाई सेवा प्रदान गर्दछ । यस्ता किसिमका सेवाको प्रयोग कम भएका ठाउँमा जस्तै किशोरकिशोरीहरुका माझ र केही जनजातीका समूहहरुमा माँग वृद्धि गर्न पनि काम गर्दछ ।

विगतका ३ वर्षमा, यस परियोजनाले ६५ हजार महिले जसमध्ये ५५ किशोरकिशोरी  (२० वर्षभन्दा कम उमेरका) हुन् र ती मध्ये ५७५ जसले २.५ डलरभन्दा कम खर्चमा दैनिक गुजारा चलाउछन्, उनीहरुलाई सेवा पुर्‍याएको छ ।

यस परियोजनाले परिवार नियोजन सेवामा पहुँच विस्तार मात्र होइन कि गुणस्तरीय सेवा तथा ज्ञान व्यवस्थापनका लागि सायना प्रेस जस्ता विधि प्रयोग गरेर यसलाई अझ फराकिलो बनाएको छ ।

सन् २०२० मा यो परियोजनाको अन्त्य हुनेछ । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स्नेपाल सन् १९९४ मा स्थापित भएको हो, र यसले संस्थाको ध्येयका लागि एउटा महत्वपूर्ण भूमिका खेल्न जारी राखेको छ । विगतका ६ वर्षमा झन्डै ७ लाख ७१ हजार ९७३ अनिच्छित गर्भहरु र करिब ५ लाख २६ हजार ४५९ असुरक्षित गर्भपतन रोकिए । केही वर्षको सुरक्षा (सि वाई पि) कुनै जोडीलाई एक वर्षका लागि गर्भ बस्नबाट रोकथाम गर्ने निरोध हो । सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपालले जम्मा २७ लाख ४ हजार १९९ को संख्यामा लाभान्वितको सिर्जना गर्‍यो । नेपालका थुप्रै महिलाहरु यस संस्थाका सेवाहरुबाट लाभान्वित भए, जसले उनीहरुलाई बच्चा पाउने कि नपाउने अथवा कहिले पाउने भन्ने चयन गर्ने शक्ति प्रदान गर्‍यो ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १९:२१