काठमाडौंः सरकारले नेपालको नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकलाई नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।

नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति दिइएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १३:५५