नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले आज देखि व्यवसायिक उत्पादन सुरु गरेको छ।
आजदेखि दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी कम्पनीले उत्पादन सुरु गरेको हो।
होङ्सीको उत्पादन क्षमता भने दैनिक १२ हजार मेट्रिक टन रहेको छ। चीनको होङ्सी सिमेन्टको लगानी तथा नेपालको शिवम् सिमेन्टको व्यवस्थापनमा उक्त उद्योग नवलपरासीको बेनी मनिपुरमा स्थापना भएको छ।
यसअघि नेपालमा दैनिक ३ हजार मेट्रिकटन भन्दा बढी उत्पादन गर्ने उद्योग थिएन।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्टले दैनिक ३ हजार मेट्रिक टन उत्पादन गरिरहेको छ।
।
५० केजीको बोरमा उत्पादन सुरु गरेको उक्त सिमेन्टले मूल्य भने तय गरेको छैन। उसले आजदेखि नै ओपिसि पिपिसी दुबै प्रकारको सिमेन्ट उत्पादन गरेको हो। बजारमा बिक्री हुनको लागि भने नापतौल विभागले गुणस्तर चिन्ह प्रदान गर्नुपर्ने हुन्छ।
त्यसको लागि पनि प्रक्रिया थालनी गरिसकेको उक्त उद्योगका सञ्चालक सतिश मोरले बताए। उद्योगको परीक्षणका क्रममा उत्पादन गरिएको सिमेन्टलाई नापतौल विभाग पठाइएको जानकारी पनि उनले दिए।
उद्योगले चुन, ढुङ्गा शिवम् सिमेन्टको गोदामबाट नै ल्याइरहेको छ। केही समयपछि पाल्पा गुल्मीबाट चुन, ढुङ्गा जस्ता कच्चा पदार्थ ल्याउने योजना उसले बनाएको छ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्।
उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ। होङ्सी र शिवम्ले ३६ अर्बको लगानीको सम्झौता गरेपनि हालसम्म कति खर्च भयो भन्ने कुराको एकिन विवरण नआइसकेको संचालक सदस्य मोरले जानकारी दिए।
आजदेखि दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी कम्पनीले उत्पादन सुरु गरेको हो। होङ्सीको उत्पादन क्षमता भने दैनिक १२ हजार मेट्रिक टन रहेको छ।
चीनको होङ्सी सिमेन्टको लगानी तथा नेपालको शिवम् सिमेन्टको व्यवस्थापनमा उक्त उद्योग नवलपरासीको बेनी मनिपुरमा स्थापना भएको हो।
यसअघि नेपालमा दैनिक ३ हजार मेट्रिकटन भन्दा बढी उत्पादन गर्ने उद्योग थिएन।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्टले दैनिक ३ हजार मेट्रिक टन उत्पादन गरिरहेको छ।
५० केजीको बोरमा उत्पादन सुरु गरेको उक्त सिमेन्टले मूल्य भने तय गरेको छैन। उसले आजदेखि नै ओपिसि पिपिसी दुबै प्रकारको सिमेन्ट उत्पादन गरेको हो।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook