वीरगन्जः नेपका माओवादी विप्पलवको नेतृत्वमा रहेको समुहले वीरगन्ज बसपार्कमा नेपाल बन्दका क्रममा  राखेको बस विप्लवका कार्यकर्ताले जलाएका छन् ।

उनीहरुले वीरगन्ज बसपार्कमा रोकिएको ग १ ख ३१४७ नम्बरको यात्रु बसमा आइतबार आगजनी गरेका हुन् ।
आगो लगाउँदा बस जलेर नष्ट भएको  प्रहरी  जनाएको छ ।

मोदीको भ्रमणका क्रममा ओलीले अरुण तेस्रो लगाएत अन्य कार्य देशको हित विपरित गरेको र ओली सरकारले नेपाल र नेपालीको स्वाभिमानमाथी खेलवाड गरेक भन्दै बन्द आह्वान गरिएको नेकपा माओवादीले विज्ञप्तिमा जनाएको छ ।