काठमाडौं: नेपालगंज बाट जुम्ला उडेको तारा एयरको बिमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ । तारा एयरको  विमान जुम्ला विमानस्थलमा अवतरण  गर्ने क्रममा अगाडिको टायर पड्किएर असुन्तलित भइ रनवे को दक्षिण तर्फ चिप्लिएको थियो।

३ चालक दल र १ बच्चा सहित १८ जना सवार भएको उक्त विमान अवतरण गर्ने क्रममा अगाडिको टायर पड्किएर रनवेको दक्षिण तर्फको आन्तरिक परवाहरमा रोकिएको थियो । उक्त एयरका यात्रु र चालक सकूसल भएको र विमानमा समेत सामान्य क्षेति मात्र भएको जुम्ला विमानस्थलका प्रमुख केदार शर्माले जानकारी दिनुभएको छ ।