काठमाडौंः नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

आज एकै दिन उदयपुरमा १२ र चितवनमा २ जना गरी कुल १४ जना संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख ५, २०:२७