काठमाडौंः नेपालमा आज थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ पुगेको छ ।

बारा र पर्साका २–२ जना गरी थप ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । सबैजना भारतबाट नेपाल आएर क्‍वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

नेपालमा हालसम्म १६ जना संक्रमित उपचारपछि घर फर्कि सकेका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १७, १४:२५