काठमाडौंः नेपालमा आज थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुई जनामा आज कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवै जना वीरगञ्‍ज निवासी ५० वर्षीय पुरुष हुन् ।

उनीहरुलाई हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए । उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म १२ जना संक्रमित उपचारपछि घर फर्कि सकेका छन् ।



प्रकाशित मितिः आइतबार, वैशाख १४, १४:४३